Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रकाश ज्वालाले प्रकाशमानलाई भने- गणेशमानको बदनाम गर्नुभयो, संसदमा माफी माग्नुस्

नेकपा एकीकृत सामाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसदले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई गणेशमानको नाम बदनाम गरेको भन्दै संसदमा माफी माग्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदा सांसद ज्वालाले गणेशमानको नाममा करिब ५७ करोड बजेट छुट्याएको भन्दै मन्त्री सिंहले गणेशमानको बदनाम गरेको टिप्पणी गरेका हुन् ।

सहरी विकास मन्त्रालयलाई बिचौलियालाई कमाइखाने भाँडो बनाइएको बताउदै भने- गणेशमानको नाममा करिब ५७ करोड बजेट, कुनै उत्पादन मुलक काममा होइन, कुनै युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाउने नाममा गणेशमानलाई बदनाम गर्नु भयो तपाइले । तपाइँ माफी माग्नुस यो रोष्टमबाट । गणेशमानको हाइट यस्तो होइन । गणेशमानलाई सबैले सम्मान गर्छन तपाइले अपमान गर्नुभयो ।'

सांसद ज्वालाले सहरी विकास मन्त्रालयलाई गाइजात्रा बनाएको आरोप लगाउदै काठमाडौँ बाहिर योजना नपारेको आरोप लगाए । उनले बजेटमा अत्याचार र दादागिरी गरिएको भन्दै देशभरका जनताले बजेट पाउने अधिकार राख्ने बताए ।