शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काँग्रेस सांसद सुनिल शर्मा भन्छन्- सरकारी कोष अघोषित रुपमा लुटियो

काँग्रेस सांसद सुनिल शर्मा भन्छन्- सरकारी कोष अघोषित रुपमा लुटियो

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • काँग्रेस सांसद सुनिल शर्मा भन्छन्- सरकारी कोष अघोषित रुपमा लुटियो

    नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले बजेट संशोधन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै बजेट आफ्नो क्षेत्रमा मात्र विनियोजन गरेको भन्दै बजेट संशोधन गर्न माग गरेका हुन् ।

    उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट छुट्याइएको भन्दै सांसद शर्माले सत्तामा बसेर निर्ममतापुर्वक आ-आफ्नो तिर हालेको भन्दै जननिर्वाचित सांसदलाई विवस बनाएको आरोप लगाए ।

    जनताले तिरेको कर अघोषित रुपमा लुटेको आरोप लगाउदै भने- 'जनताले गाउँ गाउँबाट पाई पाई गरेर पठाएको कर तपाइको भकारीमा आएपछि अघोषित रुपमा लुट्नु भएको छ । यसरी लुट्न पाइदैन । यो अघोषित कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो ।'

    सांसद शर्माले टेक एण्ड पे कार्यक्रम स्वदेशी लगानीकर्तालाई नेपालको विद्युतमा लगानी गर्न नदिन ल्याएको भन्दै विदेशी कम्पनिलाई प्रोत्साहित गर्न ल्याइएको आरोप लगाए । उनले बजारमा टेक एण्ड पे भनेर व्यापारीसँग पैसा उठाएर परिवर्तन गर्ने हल्ला चलिरहेको बताउदै त्यसो गरेमा संसदमै विरोधमा उत्रिने चेतावनी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार