Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीन दशकयता सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं: गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव गरेका छन्।

आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राखेका हुन्। भ्रष्टाचार र अनियमितता विरूद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी) को भरोसा जित्न नसकिने उनको भनाइ छ। उनले कुुनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पती छानबिन गर्ने अधिकार दिनुपर्ने बताए।

उनले छानबिनका क्रममा ज–जसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन–जी पुस्ताले आफूहरूका कुरा सुन्ने जिकिर गरे। उनले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गरे।

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरूलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उनको जिकिर छ।