Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढुक्क भए हुन्छ ०८४ पछि यो लुटतन्त्र खारेज गर्छौ : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएकाले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पारे।

बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उनको भनाइ छ।

महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछाने सिध्याउन भएभरका झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बर्द्धन गर्ने उद्घोष गरे। उनले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फुर्त रूपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी दिए।