Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृहमन्त्रीलाई राप्रपा सांसदको प्रश्न: पैसा पाए देश नै बेचिदिने हो ?

राप्रपा सांसद रोशन कार्कीले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गरेकी छन् ।

आज (शनिबार) को संसद बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत गएका धेरै जना विदेशमा गएर बेचिएको बताइन् ।

उनले गृहमन्त्रीलाई प्रश्न गरिन्, ‘दिनमै एक करोड रुपैयाँसम्म उठाउने कुरा आएको छ, मान्छे बेचेर पैसा पाए देशै बेचिदिने हो ?’ ऋण काटेर विदेश जानेहरुसँग पनि लाखौं रुपैयाँ असुल गर्ने गरेको विषय निर्जल्लत भएकाले यसमा गृहमन्त्रीमाथि छानविन आवश्यक रहेको उनको भनाई छ ।