शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता, के-के भयो कुराकानी?

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता, के-के भयो कुराकानी?

आषाढ ७, २०८२ शनिवार
आषाढ ७, २०८२ शनिवार
  • खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता, के-के भयो कुराकानी?

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच’ भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा आज बिहान प्रवक्ता प्रकाण्डलाई लिएर विप्लव पुगेका हुन्।

    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेपछि पछिल्लो समयमा भेट पातलिएको छ। हाल समाजवादी मोर्चाको संयोजक विप्लव छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएपछि मोर्चा निष्क्रिय जस्तै बनेको छ।

    प्रचण्डले पार्टी एकताका लागि विप्लव लगायत पूर्व माओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। तर, प्रचण्डलाई आगामी महाधिवेशनबाट नेतृत्व छाड्नु पर्ने दबाब उपमहासचिव जनार्दन शर्मालगायतले पार्टीभित्रबाटै बढाइरहेका छन्। यता विप्लवले पार्टी एकताका लागि प्रचण्डले कम चासो दिएको गुनासो गर्दै आएका छन् ।केहि दिनयता विप्लवले विभिन्न दलका शीर्ष नेताहरुसँगको भेट तीब्र बनाएका छन्।

    विप्लवले यसअघि एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेसपा नयाँशक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मोहनविक्रम सिंहलाई भेटेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार