Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ।

यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ।

तेस्रो स्थापना दिवसका अवसरमा आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो।रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए।