शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देउवालाई भेट्न बुढानिलकण्ठ नै पुगे स्वर्णिम वाग्ले, के-के भयो कुराकानी?

देउवालाई भेट्न बुढानिलकण्ठ नै पुगे स्वर्णिम वाग्ले, के-के भयो कुराकानी?

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • देउवालाई भेट्न बुढानिलकण्ठ नै पुगे स्वर्णिम वाग्ले, के-के भयो कुराकानी?

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ उपसभापति डा। स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा वाग्लेले सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

    दुवैबीच करिब ४५ मिनेट वान टू वान वार्ता भएको स्रोतले बताएको छ । वाग्लेले कांग्रेस छोडेपछि देउवासँग भेट भएको यो पहिलो पटक हो । देउवा प्रधानमन्त्री भएकै बेला वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

    देउवासँग वाग्लेको भेटको समन्वय भने कांग्रेस नेता डा।नारायण खड्काले मिलाएको बुझिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोधमा रहेकै समयमा वाग्लेले देउवासँग गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

     यो भेटलाई कांग्रेस र रास्वपाको सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ । खासगरी पछिल्ला केहि साता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि रास्वपासँग सम्बन्ध सुधारको प्रयास गरिरहेको बुझिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट