Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाले भन्यो- अभिलेख अध्याधिक किन गरिएन, आयोगले नै जवाफ दिनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अध्याधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निवेदन पेश गरेको जानकारी दिदै अध्यावधिक गर्ने काम आयोगकै भएको बताएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आयोगमा निवेदन पेश गरेको र  सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अध्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 'पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अध्याधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेश भएको छ । पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अध्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ ।'

रास्वपाले अध्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको उल्लेख गरेको छ । आयोगको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीको रुपमा मुकुल ढकाल नै रहेको खुलेपछि रास्वपाको यस्तो प्रतिक्रिया आएको हो ।