शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ग्वार्को फ्लाइओभर उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले के भने?

ग्वार्को फ्लाइओभर उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले के भने?

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • ग्वार्को फ्लाइओभर उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले के भने?

    प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्को फ्लाइओभर उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् ।

    इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु ७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

    Oli_11750425117.jpg

    उद्घाटन समारोहलाई प्रधानमन्त्री ओलीले गरेको सम्बोधन:

    यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरुलगायत सबै दिदीबहिनी तथा दाजुभाइहरु एवं यहाँ उपस्थित हुन नसके पनि विभिन्न सञ्चारमाध्यमबाट यस कार्यक्रमलाई हेरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु  ! आज खुशीको कुरा हो  । यस प्रकारको पहिलो फ्लाईओभर नेपालमै पहिलो पटक निर्माण भएको छ र आज सफलतापूर्वक उद्घाटन भएको छ । अब ग्वार्कोमा सवारी जामलगायतका समस्याहरु समाधान हुने छन् वा अब समाधान भएका छन् । 

    यस अवसरमा म सबै साथीहरुलाई बधाई र धन्यवाद भन्न चाहन्छु ।  खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत अरु ठेकदार कम्पनीलगायत सम्पूर्ण यसमा योगदान पु पुर्‍ र्याउने महानुभावहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । 

    अघि ठेकदार कम्पनीको तर्फबाट भन्नुभए जस्तै, निर्माणमा केही बिलम्ब पनि भयो, यसमा समझदारी राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु । 

    नेपालमा यस प्रकारको काम अत्यन्त सफलताका साथ भएको छ  । पहिलो अनुभव, पहिलो प्रयास, लगभग समयमै भन्नुपर्छ, सिध्याउनुभएकोमा ठेक्केदार कम्पनीलाई म विशेष धन्यवाद भन्न चाहन्छु । उहाँहरुलाई हामीले प्रशंसा गरेका छौं । प्रशंसा उपयुक्त छ भन्ने लाग्छ । 

    हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौं । हिजो मात्रै एउटा समाचार आयो, आज अखबारहरुमा व्यापक महत्वका साथ स्थान पायो । त्यो कुरा दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्नेगरीको मिथेन ग्यास पत्ता लाग्यो कि तीन वटा कुुवामध्ये एउटा कुवाबाट ११२ अर्ब घनमिटर अर्थात् नेपाललाई ५० वर्षसम्म पुग्ने गरी ग्यास रहेको पाइएको छ । यो खुशीको खबर पनि हामीले थाहा पायौं, जुन कुरा यो फ्लाइओभर सुरु गरे जस्तै त्यसको पनि सुरुवात मैले नै गरेको छु । 

    हामी धौवादी फलाम कारखाना अगाडि बढाउँदै छौं । धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई सयौ वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरु यहाँ स्थापना गर्नेछौं र प्रशोधन कारखाना स्थापना गर्नेछौं । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ । 

    दैलेखको मिथेन ग्यासको उत्खनन हुनेछ, प्रोडक्सन हुनेछ र त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ, विदेशबाट अप्रशोधित खालका अथवा कम प्रशोधित, कम गुणस्तरका चिजहरु हामीले ल्याउनुपर्ने छैन । हामीलाई त्यहाँबाट ठूलो आर्थिक लाभ हुनेछ । धेरैले रोजगारी, धेरैले काम नेपालभित्र पाउनेछन् । यस्तै गरेर अरु कारखानाहरु, अरु खनिजहरुको पनि हामी उद्घाटन गर्नेछौं । यतापट्टि पनि हामी काम गरिरहेका छौं । 

    कृषिको आधुनिकीकरणतर्फ त्यसैगरी व्यापक रुपमा हामी काम गरिरहेका छौं र कृषिको आधुनिकीकरण भइराखेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । यो अर्को पक्ष छ । 

    oli.jpg

    उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योगहरु अहिले स्थापना भएका छन् र अगाडि बढिरहेका छन् । परम्परागत उद्योगहरु कतिपय उद्योगहरु स्वाभाविक रुपमा नचलेका होलान् । ती कतिपय उद्योगहरु आउटडेटेड पनि भए, कतिपय आउटडेटेड नभएका उद्योगहरु चल्दै छन् । म्याग्नेसियम उद्योग, त्यसलाई अहिले फेरि हामी सञ्चालन गर्ने प्रयासमा अगाडि बढिरहेका छौं । त्यो म्याग्नेसियम उद्योगलाई पनि हामी अगाडि बढाउने छौं । 

    बाटाघाटाको सन्दर्भमा भन्ने हो भने हुलाकी राजमार्गले तराईको दक्षिणी मुहार फेर्दै छ, सिंगै तराईको मुहार फेर्दैछ । केही केही पुलहरुमा समस्या भएको छ । केही केही निकुञ्जका कारणले बाटो अलिकति तयारी हुन सकेको छैन । त्यो केही समयभित्र तयारी गर्नेछौं र मेचीदेखि महाकालीसम्मको सिंगै तराईको त्यसले कायाकल्प गर्ने छ । ठूलो परिवर्तन ल्याउने छ । हामीले ठूलाठूला सिंचाई आयोजनाहरु गरेका छौं । सुनकोशी मरिन डाइभर्सन र तराईका विभिन्न जिल्लाहरु खास गरी पाँच वटा जिल्लामा १ लाख ८५ हजार बिगा अथवा १ लाख २२ हजार हेक्टर जमिन सिंचाई गर्ने र तराईमा एक बाली लाग्ने ठाउँमा तीन बाली लगाउने र उत्पादनलाई डबल भन्दा बढीका दरले बृद्धि गर्ने त्यो काम पनि हामी गर्दैछौं । अरु त्यस्ता अनेक कामहरु हामी अगाडि बढाइरहेका छौं । 

    सामाजिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा, हामी हस्पिटलहरु बनाइरहेका छौं । अहिले पहिलेको जस्तै हस्पिटलहरुको अवस्था छैन । तसर्थ यस स्थितिलाई हामीले सामान्य रुपमा होइन, एउटा देशले गति लिन चाहेको, फड्को मार्न चाहेको अवस्थाका रुपमा हामी बुझिरहेका छौं र त्यसलाई त्यसरी नै अगाडि बढाइरहेका छौं । 

    मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्गलगायत र एसियाली स्ट्यान्डरमा पूर्व–पश्चिम राजमार्गलाई विकास गर्ने, चार लेन, छ लेनको हाइवेको रुपमा त्यसलाई विकास गर्ने, यी कामहरु हामी गरिरहेका छौं । 

    यसरी हामी बहुआयामिक ढंगले र चौतर्फी ढंगले देशको विकास गरिरहेका छौं र गर्दै जानेछौं । म सबै दाजुभाइ दिदीबहिनीहरुलाई भन्न चाहन्छु, एउटा क्षेत्रमा मात्र हैन, अनेक क्षेत्रमा त्यसो गर्दैछौं, विकास गर्दै छौं ।

    यो चक्रपथ विस्तार गर्ने कुरा, यसको दोस्रो फेजमा कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो फेजलाई विस्तार गर्ने कुरामा, त्यस्तै फ्लाइओभर अरु ठाउँमा, ओभरपास वा अन्डरपास दुईवटै प्रकारका तरिकाहरुबाट हामी ट्राफिक जामलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौं । यो कुरामा आम नेपाली जनताले देखिरहनु भएको छ, बुझिरहनु भएको छ, देश विकासको बाटोमा कसरी अगाडि बढ्दै छ ।

    अब यसमा केही केही मान्छेहरुलाई विकास भयो भन्ने कुराको पनि पिर र चिन्ता छ । म कसैले पनि विकास भयो भन्ने कुरामा पिर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु । देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिने छ । हामीले गाउँ तहदेखि नगर तहदेखि लिएर प्रदेश र केन्द्रीय तहसम्म सबै तहबाट संघीय तहदेखि तीनवटै तहका सरकारहरु विकास निर्माणका काममा केन्द्रित हुनुपर्दछ । जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा केन्द्रित हुनुपर्दछ । जनतालाई विकास कसरी अगाडि बढाउने कुरामा, ड्राइभ गर्ने कुरामा पोलिटिकल पार्टी र जनप्रतिनिधिहरुले यस काममा अगुवाई गर्नुपर्दछ । त्यसै गरेर प्रशासन, सरकारका विभिन्न निकायहरु विकास र सुशासनकेन्द्रित भएर अगाडि बढ्नुपर्दछ । यो आजको समय हो र आजको समयको माग यो हो । यसअनुसार अगाडि हामी बढ्दै गइरहेका छौं र बढ्दै जाने छौं । यसरी बढ्दै जानका लागि म सबैसँग आग्रह पनि गर्न चाहन्छु । 

    kp sharma oli2025-06-20-17-34-35.jpg

    हामीले कुनै पनि हालतमा आपूmमा निराशा पैदा गर्न हुँदैन । असन्तुष्टि र निराशा होइन, हामीले आशावादिताका साथ हामी गर्न सक्छौं, हामी आफैँले गर्न सक्छौं । यो चक्रपथ चौडा गर्‍ र्यौं, यो सुरु गर्‍ र्यौं, चौडा गर्‍ र्यौं, फ्लाइओभर बनायौं । त्यसकारण यी फ्लाइओभरहरु बनाएका यी सफलताहरु हामी चियर गर्छौं । यस्ता सफलताहरु हामी पाउँदै जान हामी काम गर्दै जानेछौं । म यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यो एउटा महान् सफलता भएको छ । यस्तै सफलताहरु हामी अरु ठाउँमा पनि विस्तार गर्दै जानेछौं । विभिन्न देशका विभिन्न भागमा पुलहरु बनाउँदै गएका छौं । बाटाहरु बनाउँदै गएका छौं । प्राकृतिक विपत्ति आउने, कहीं बाढी जाने, कहीं पहिरो जाने र फेरि भत्काउने गरिरहेको छ । तर हामी हार मान्दैनौं । त्यसलाई अझ बलियो गरी बनाउँछौं र हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौं । दुर्गम देशबाट सुगम देशमा हामीले परिणत गरिसकेका छौं । 

    खानेपानीको समस्या देशभरि थियो । देशभरि डाँडाडाँडामा खोलाका पानीहरु पम्पिङ विधिबाट हामीले पुर्‍ र्याएका छौं अथवा आज स्कुल, कलेज, क्याम्पस, युनिभर्सिटीजस्ता कुराहरु, अस्पतालहरु गाउँ गाउँमा हामीले पुर्‍ र्याएका छौं । एम्बुलेन्स सेवा विस्तार गरिरहेका छौं र यी सबै कुराहरु पूर्वाधारका पहिलो सर्त हुन् । सञ्चार, विद्युत यी क्षेत्रहरुमा हामी काम गरिराखेका छौं । त्यसकारण म आग्रह गर्न चाहन्छु, दाजुभाइ दिदीबहिनीहरु यहाँहरु विश्वस्त भएर देश विकासका काममा सरकारले अगुवाई गर्ने छ, यहाँहरुको साथ पाउने अपेक्षा गर्दछ । सरकार लागिरहेको छ र हाम्रो ब्युरोक्रेसीलाई म धन्यवाद भन्न चाहन्छु, ब्युरोक्रेसीका प्रयासहरु, कामदारका प्रयासहरु जुन कामदारहरुले यस काममा योगदान गर्नु भएको छ, सबैलाई म धन्यवाद भन्न चाहन्छु । इन्जिनियरहरु र सबै प्रकारका योगदानकर्ताहरुलाई धन्यवाद भन्दै आफ्नो मन्तव्य यही टुंग्याउँछु । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार