Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कांग्रेस सांसद खतिवडाको प्रश्न: यो कस्तो बजेट हो ? आफ्नो निर्वाचन क्षेत्रमा मात्र बाँड्ने ?

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको पर्यटकीय क्षेत्रमा बजेट नपारिएको भन्दै आक्रोश पोखेका छन्।

आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा निर्धारित विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिब्जु डाँडा (देवताथान), जलजलेलगायत पर्यटकीय धार्मिक क्षेत्रमा एक रुपैयाँ पनि बजेट विनियोजन नगरेको भन्दै आक्रोश पोखेका हुन्। उनले पर्यटनमन्त्रीबाट ओखलढुंगाको पर्यटकीय क्षेत्रको विकासका निम्ति बजेट दिन नचाहेको पाइएको पनि बताएका छन्।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ओखलढुंगामा रहेको विमानस्थल विस्तार, मर्मत र त्यहाँ रहेका पर्यटकीय ठाउँ, धार्मिकस्थलमा बजेट छुट्याएको छ की भनेर बजेट ओल्टाइपल्टाइ हेर्छु तर कहीँ देखिन,पहिला बजेट विनियोजन हुन्छ भन्ने गर्ने बेला नगर्ने ?’, उनले भने। उनका अनुसार चण्डेश्वरी विमानस्थलमा बजेट छैन।

‘पर्यटकीय पूर्वाधारका लागि पूर्वको प्रख्यात ठाउँ ककनीमा बजेट प्रस्ताव गरियो तर सुन्ने रकम, जलजलेश्वर भन्ने त्यत्तिकै महत्वपूर्ण ठाउँ छ, अर्को चर्चित चिसंखुगढी छ, त्यहाँ पनि बजेट छैन’, उनले भने, ‘अर्को थियो किरात राईहरूको असाध्यै प्रख्यात ठाउँ लिब्जु, त्यहाँ स्टेप राख्ने भनियो तर बजेट एक सुका छैन, यो कस्तो बजेट हो, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बाँड्ने हो।’