शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० सेवा अनलाइनमार्फत दिने

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० सेवा अनलाइनमार्फत दिने

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० सेवा अनलाइनमार्फत दिने

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले थप १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक विज्ञप्ति जारी गर्दै असार १५ गतेदेखि १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्न लागेको बताएका हुन्।

    त्रिवि रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुर्नयोगका लागि आवेदन फाराम, शैक्षिक कागजातमा नाम-थर-रजिस्ट्रेसन लगायत सच्चाउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाणपत्रहरूको प्रमाणीकरण र प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनमार्फत प्रदान गर्ने भएको हो।

    पनिकाले वार्षिक पाँच लाख विद्यार्थीहरूलाई लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, मूल प्रमाणपत्र, रजिस्ट्रेसन, माइग्रेसन लगायतका विभिन्न दश (१०) प्रकारका सेवाहरु उपलब्ध गराउँदै आएको छ। सीमित स्रोत साधन, अपर्याप्त प्राविधिक तथा दक्ष जनशक्ति, शैक्षिक तथा प्रशासनिक चुनौतीका बीच सेवा प्रवाहलाई प्रविधिको प्रयोग मार्फत विद्युतीयरकण गर्दै आएको जोशीले बताए। पनिकाले समग्र सेवालाई विद्युतीकरण गरी अनलाइन माध्यमबाट त्रिवि रजिस्ट्रेसन फाराम, परीक्षा आवेदन फाराम ट्रान्सक्रिप्ट लगायतका सबै सेवा उपलब्ध हुने प्रबन्ध गर्न सफल भएको हो।

    २०७५ सालदेखि अनलाइन दीक्षान्त फाराम र टियूईआईएसएस प्रविधिको प्रयोग गरी रजिष्ट्रेसन र विए( विएडको ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आइरहेको थियो। त्यसैको निरन्तरता अनुसार २०७९ माघ १५ गतेदेखि अनलाइन आवेदन फारामको व्यवस्था गरिएको थियो। तर, प्राविधिक कारणले केही समयमा नै बन्द हुन पुगेको थियो।

    त्यसपछि २०८२ वैशाख २ गतेदेखि कार्यालयको वेबसाइटबाट लगइन गरी ट्रान्सक्रिप्ट आवेदन फाराम अनलाइन माध्यमबाट भर्ने प्रक्रिया, अनलाइन भुक्तानीसहितका सेवाहरूको परीक्षण गरिएको थियो। अब असार १५ गतेदेखि ती सेवाहरू विद्यार्थीले अनलाइन माध्यामबाट प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।

    t(7).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार