शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारले सदनलाई हेप्यो : माओवादी

सरकारले सदनलाई हेप्यो : माओवादी

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • सरकारले सदनलाई हेप्यो : माओवादी

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको आज (शुक्रबार) को बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएपछि उनले सरकारले सदनलाई हेपेको बताएका हुन्। उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति समेत जनाएका छन्। सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो।

    ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूची आउँछ। फेरि कार्यसूची हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन,’ उनले भने, ‘सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्री ज्यु यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचीमा पनि मन्त्रीहरु सबै उपस्थित हुनु हुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो।’

    पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि नबढाउन पनि आग्रह गरेका थिए। त्यस्तै उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरेका थिए । ‘मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो,’ उनले भने, ‘नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने। कहाँसम्मको अन्याय हो यो।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार