Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

नेदरल्याण्डसले दिएको १७५ रनको लक्ष्य पछयाउने क्रममा ओपनर भुर्तेलले ३८ बल खेल्दै अर्धशतक पुरा गरेका हुन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो ११औं अर्धशतक हो । भुर्तेलले ६० खेलमा एक शतक र ११ अर्धशतक पुरा गरेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ११.२ ओभरमा ३ विकेट गुमाउदै ९७ रन बनाएको छ ।