Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संसद बैठकमै च्यातियो बजेट पुस्तिका

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन्।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन्।

उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए। ‘यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद’, उनले भने।

थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन्।