Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

किन स्थगित भयो शीर्ष नेताको बैठक?

मुख्य तीन दलका शीर्ष नेताको बैठक अचानक स्थगित भएको छ।

आज (बिहीबार) दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठक स्थगित भएको हो।

आजको बैठक स्थगित भएको सूचना आएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्। यता प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए।

यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बुधबार प्रचण्ड काठमाडौँ बाहिर भएकोले बैठक स्थगित भएको थियो।

आज प्रचण्ड काठमाडौं आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन्। हिजो प्रचण्ड बिनै सत्तारुढ एमाले–कांग्रेसका शीर्ष नेताहरुले लामो छलफल गरेका थिए।