शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

५६ करोड बिगो माग गरिएका निलम्बित मेयर थापा तीन लाख धरौटीमा रिहा

५६ करोड बिगो माग गरिएका निलम्बित मेयर थापा तीन लाख धरौटीमा रिहा

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • ५६ करोड बिगो माग गरिएका निलम्बित मेयर थापा तीन लाख धरौटीमा रिहा

    सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विशेष अदालतमा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

    न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरण मुद्दामा थापालाई तीन लाख धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियारले २०८१ जेठ २९ गते मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।

    यसअघि सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पनि गएको सोमबार उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

    थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोपमा सर्लाही जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ। थापाविरुद्धका अरु दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार