Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्वर्णिम वाग्ले रास्वपाको नीति तथा विचार विभाग प्रमुख, अरु कसलाई के जिम्मेवारी?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिएको हो।

उक्त विभागको उपप्रमुख सन्तोष परियार तोकिएका छन् । त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको छ। पार्टीको ऊर्जा तथा जलस्रोत विभाग संयोजकको जिम्मेवारी श्रीराम न्यौपानेलाई दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने।’

ra.png