शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुम्बई आइपुगे इजरायलमा फसेका विराटनगरका मेयर कोइराला

मुम्बई आइपुगे इजरायलमा फसेका विराटनगरका मेयर कोइराला

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • मुम्बई आइपुगे इजरायलमा फसेका विराटनगरका मेयर कोइराला

    इजरायलमा फसेका विराटनगर महानगरका प्रमुख नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन् ।

    कोइराला स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेतबाट भारतको मुम्बई आइपुगेको उनको सचिवालयले जानकारी दिएको छ । उनी आजै नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने बताइएको छ ।

    कोइराला इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते इजरायल गएका थिए ।

    इजरायल पुगेको केही दिनदेखि सुरु भएको इजरायल–इरान युद्धका कारण कार्यक्रम स्थगित भयो भने सबै विमानस्थल बन्द हुदा उनी इजरायलमै फसेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार