Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मुम्बई आइपुगे इजरायलमा फसेका विराटनगरका मेयर कोइराला

इजरायलमा फसेका विराटनगर महानगरका प्रमुख नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन् ।

कोइराला स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेतबाट भारतको मुम्बई आइपुगेको उनको सचिवालयले जानकारी दिएको छ । उनी आजै नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने बताइएको छ ।

कोइराला इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते इजरायल गएका थिए ।

इजरायल पुगेको केही दिनदेखि सुरु भएको इजरायल–इरान युद्धका कारण कार्यक्रम स्थगित भयो भने सबै विमानस्थल बन्द हुदा उनी इजरायलमै फसेका थिए ।