जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिड साउदी क्लब अल हिलालसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र अल हिलाल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
रियल म्याड्रिडका लागि गोन्जालो ग्रासियाले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि रुबेन नेभेजले खेलको ४१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अल हिलाललाई खेलमा फर्काएका थिए ।
यो बराबरीपछि समुह एचमा रहेका रियल म्याड्रिड र अल हिलालले एक एक अंक बाँडेका छन् । रियल म्याड्रिडले अर्को खेल जुन २३ मा पचुकाविरुद्ध र जुन २७ मा आरबी स्लाजबर्गविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै अल हिलालले जुन २३ मा आरबी स्लाजबर्ग र जुन २७ मा पचुकाविरुद्ध खेल्ने तालिका रहेको छ ।