शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा

    सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन्। बजेट निर्माणका क्रममा असहयोग गरेको भन्दै मुखमन्त्री शाहले बुधबार मन्त्री चौधरीलाई राजीनामा दिन भनेका हुन्।

    मन्त्री चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन् । मुख्यमन्त्री शाहको सचिववालयका अनुसार यो विषयमा छफफल भइरहेको छ। यता नागरिक उन्मुक्ति पार्टीले मन्त्री चौधरीलाई फिर्ता बोलाउने वा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ। नाउपाका एक प्रदेशसभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए।

    तर, रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ। यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार