Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भीम रावलको प्रश्न- दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र?

नेकपा एमालेका पुर्व नेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक गएरातीदेखि ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशको मुख्य राजमार्गकै यस्तो दुर्दशा भन्दै सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-  केही दिन अघि गाडिमा आउदा दाउन्ने देखि कावासोतीसम्म यातायात अवरोधको गम्भीर समस्या सामना गरी काठमाडौं आइपुगेको तेस्रो दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एकजना पत्रकारलाई सरकारले काम गरेको हेर्न दाउन्ने जानु भनेको सुन्दा आश्चर्य लागेको थियो । दाउन्नेमा गए रातीदेखि यातायात ठप्प रहेको समाचार सुनियो।यात्रुको कन्तबिजोक ! मुख्य राजमार्गको यस्तो दुर्दशा ! सरकार के गर्दै छ त? रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?