Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरेकी छन्।

दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन्।

उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ। उनी जेठ ८ गते स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।