स्कटल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्