Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्कटल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ । 

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो । 

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए ।