नेपाली क्रिकेटर करण केसीले टी-२० क्रिकेटमा सय विकेट पुरा गरेका छन् ।
करणले स्कटल्याण्डविरुद्धको खेलमा विकेट लिएसँगै आफ्नो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका हुन् । स्कटल्याण्डविरुद्ध करणले २ विकेट लिएका थिए । करणले ८० खेल खेल्दै १०१ विकेट लिएका छन् ।
करणले टी-२० अन्तराष्ट्रिय खेलमा नेपालबाट धेरै विकेट लिने सूचीमा दोस्रो स्थानमा रहेका छन् । शिर्ष स्थानमा रहेका सन्दीप लामिछानेले ५९ खेल खेल्दै ११५ विकेट लिएका छन ।
त्यस्तै सोमपाल कामीले ७८ खेल खेल्दै ७६ विकेट लिएका छन् भने अविनाश बोहोराले ७५ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५० विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्