Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुपोषण मुक्त पर्सा गाउँपालिका निर्माणका लागी पोषण बहस तथा "Enough"अभियान कार्यक्रम संचालनमा

कुपोषण मुक्त पर्सा गाउँपालिका निर्माणका लागी पोषण बहस तथा "Enough"अभियान कार्यक्रम सम्पन्न भएको छ ।

WhatsApp Image 2025-06-17 at 15.18.12_26b73433.jpg

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल,राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र(RRPK) तथा बागमती सेवा समाज नेपालको संयुक्त साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना र संरक्षण समुदाय संलग्नता तथा बाल स्पोन्सरसिप कार्यक्रम(P-CESP)अन्तरगत आज सर्लाही स्थित पर्सा गाउँपालिकामा आज कुपोषण मुक्त पर्सा गाउँपालिका निर्माणको मुल नाराका साथ वृहत् पोषण बहस कार्यक्रम सम्पन्न भएको हो।

WhatsApp Image 2025-06-17 at 15.18.12_83089d1c.jpg

उक्त कार्यक्रमसँगै यस गाउँपालिकाको वडा न.१ देखि ६ सम्म "Enough" अभियान यस् पालिकाका अध्यक्ष धिरेन्द्र राय यादवको अध्यक्षतामा  सम्पन्न भएको हो।

WhatsApp Image 2025-06-17 at 15.18.12_2a0b0192.jpg

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा RRPK संस्थाको तर्फबाट गायत्री देवि महतो थिइन् भने- कार्यक्रमको अध्यक्षता गर्दै पर्सा गाउँपालिकाको अध्यक्ष धिरेन्द्र राय यादव भन्छन्"हामिले कुपोषणबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ हामी जे खान्छौ हाम्रो मनिस्थिति त्यस्तै हुने भएकोले जहिले पनि हामिले स्वस्थकर खानेकुरा छनौट गरेर खानुपर्छ र हामिले यस् पालिकाबाट सकेसम्म बजेट बिनियोजन गरेर कुपोषण मुक्त पालिका बनाउनमा अग्रसर रहनेछु।

WhatsApp Image 2025-06-17 at 15.18.11_fde8f9d5.jpg

उक्त कार्यक्रममा पर्सा गाउँपालिकाका वडा अध्यक्षहरु लगायत कर्मचारी स्वयंसेविका महिला दिदिहरु तथा  कर्मचारीहरुको उपस्थित रहेको थियो।कार्यक्रममा संस्थाको तर्फबाट पोषण खानेकुराको प्रदर्शनिको साथसाथै पोषण प्रतिबद्धता बोर्डको व्यवस्थापन गरिएको थियो ।