Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।

नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो खेल हो।

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो। नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो।