शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निलो सल लगाएको नियमापत्ति भएछ, संसदबाट निकालियोस्: सोविता गौतम

निलो सल लगाएको नियमापत्ति भएछ, संसदबाट निकालियोस्: सोविता गौतम

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • निलो सल लगाएको नियमापत्ति भएछ, संसदबाट निकालियोस्: सोविता गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा निलो सल लगाएको विषय नियमापत्ति भएछ भन्दै संसदबाट निकाल्न चुनौती दिएकी छन् ।

    सामाजिक सञ्जालमा सांसद गौतमले रास्वपा शान्त र सभ्य विरोधमा उभिने उल्लेख गर्दै नयाँ पुस्तालाई, सांसद कुट्न, कुर्सी भाँच्न र माइक फोड्न नआउने बताएकी छन् ।

    उनले भनेकी छन्-  सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको मागसहित हामी निरन्तर संसदमा आन्दोलनरत छौँ । विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ ।

    आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस् । तर, नयाँ पुस्तालाई, सांसद कुट्न आउँदैन। (कांग्रेस विरोधमा हुँदा प्र.म. केपी शर्मा ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ), कुर्सी भाँच्न आउँदैन, माइक फोड्न आउँदैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार