Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृह जिल्लाको तनहुँ हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपतिले लिए चासो

राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।  सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् । 

पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ । 

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् ।

राष्ट्रपति पौडेलले  जलविद्युत  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि  चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।