Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित, आजै थुनछेक बहस

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौं जिल्ला अदालत हाजिर भएका छन्।

मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ।

थुनछेक बहसपछि उनी पूर्वक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ। मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए। उनी तीन लाख धरौटीमा छुटेका छन्।