स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।
पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर ओभरमार्फत जितको टुंगो लागेको थियो । तेस्रो सुपर ओभरमा पहिलो बलमा नै कप्तान रोहितलाई गुमाएको नेपालले रन बनाउन सकेन् ।
आजको खेलमा नै डेब्यु गरेको रुपेश कुमार सिंहले सुपर ओभरमा तीन बल डट खेलेर आउट भए । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए ।
त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।
यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो ।