शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौमा मेलम्चीको पानी निरन्तर बितरण गरिने

काठमाडौमा मेलम्चीको पानी निरन्तर बितरण गरिने

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • काठमाडौमा मेलम्चीको पानी निरन्तर बितरण गरिने

    खानेपानीमन्त्री प्रदिप यादवले बर्खायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका छन् । 

    काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा निर्माण गरिएको खानेपानीको ट्यांकीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री यादवले मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका हुन् । 

    सन् २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्‍याएको क्षतिपछि बर्खायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो । बर्खायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरिएको छ ।

    सोमबार रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा आजैदेखि छाडिएको मन्त्री यादवले जानकारी दिएका छन् । उनले भनेका छन्- 'मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौमा बितरण गरिने बताएका काठमाडौँवासीलाई जानकारी दिन पाउदा म निकै खुशी र हर्सित भएको छु । काठमाडौ बासीलाई अब बाह्रै महिना मेलम्चीको पानी बितरण हुनेछ ।' 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट