Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौ विकेट

स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालविरुद्ध नेदरल्यान्ड्सले पाँचौ विकेट गुमाएको छ।

इनिङ्सको १२औं ओभरमा नन्दन यादवले बिक्रमजित सिंहलाई ३० रनमा लोकेश बमबाट क्याच आउट गराएका हुन्। १३औं ओभरमा सन्दीप लामिछानेले नोह क्रोएस ३ रनमा नन्दन यावदद्वारा क्याच आउट गराए। ३ ओभरमा उनले मात्र १४ रन दिएर ३ विकेट लिएका छन्।

सातौं ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै मात्र ३ रन दिएर दुई विकेट लिएका थिए । ओपनर मिचेल लेभिटलाई २० रनमा बोल्ड आउट गराएका उनले क्याप्टेन स्कट एडवार्डट्सलाई एक रनमा रुपेश सिंहबाट क्याच आउट गराए।

विष्फोटक सुरुवात गरेको डच टोलीले १३ ओभरको समाप्तिमा ९३ रन जोड्दा ५ विकेट गुमाएको । चौथो ओभरमा म्याक्स ओडाउटलाई १९ रनमा ललित राजवंशीले करण केसीको हातबाट क्याच आउट गराए। नेपाली टिममा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन्।