Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डको विजयी शुरुवात

स्कटल्याण्डले त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई ३९ रनले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको नेदरल्याण्डले १८.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो । अब टी-२० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डस खेल्दै छन् ।

खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।