Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एटलेटिकोमाथि पिएसजीको ४-० को शानदार जित

जारी फिफा क्लब विश्वकप अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।