शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।

    आइतबार मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजारको बजेट सार्बजनिक गरेका हुन् ।

    यो बजेट चालु आर्थिक बर्षको तुलनामा ६.१३ प्रतिशतले बढी रहेको छ । मधेश प्रदेशको बजेटको स्रोतमा आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, राजश्व बाँडफाँटबाट १२ अर्ब ३५ करोड ८४ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९  लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख र विशेष अनुदानबाट ३९ करोड ४५ लाख र गत बर्षको नगद मौज्जतबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार बेहोरिने छ । यसमा न्यून हुने २ अर्ब अर्न्तिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार