शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाखको बजेट ल्याएको छ ।

    आइतबार कोशी प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले चालु आर्थिक वर्षको तुलनामा ६० करोड बढीको बजेट ल्याएका हुन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट ल्याएको थियो । कोशीमा चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत हुने अनुमान छ ।

    कोशीमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख, कृषि, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड, पर्यटन वन तथा वातावरण क्षेत्रमा २ अर्ब ९७ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै शिक्षा, खेलकुद क्षेत्रमा २ अर्ब ५ करोड ५५ लाख, उर्जा, सिचाई र खानेपानी क्षेत्रमा ४ अर्ब ७३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कोशीमा सडक, पुल, सहकारी तथा भवन निर्माणका लागि १० अर्ब ५७ करोड ५१ लाख बजे विनियोजन गरिएको छ । 

    कोशी प्रदेशको बजेटमा आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरि राजश्व र वित्तीय हस्तान्तरणबाट कुल ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख खर्च बेहोरिने बजेटमा उल्लेख छ । बाँकी अपुग ३ अर्ब १३ करोड मौज्जातबाट बेहोरिने उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार