शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

समितिको सभापतिको हैसियतले यसको दोष मलाई दिए पनि हुन्छ: रामहरि खतिवडा

समितिको सभापतिको हैसियतले यसको दोष मलाई दिए पनि हुन्छ: रामहरि खतिवडा

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • समितिको सभापतिको हैसियतले यसको दोष मलाई दिए पनि हुन्छ: रामहरि खतिवडा

    प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन पेस भएको छ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन्।

    जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले विधेयक पारित गरेको थियो । विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ। यी दुवै विषयमा सत्तापक्ष दुई दलसहित अन्य दलले पनि असहमति जनाउँदै आएका छन्। निजमती कर्मचारी संघ संगठनले पनि उक्त प्रावधान हटाउनुपर्ने मागसहित आन्दोलन जारी राखेका छन्।

    मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर समितिले राखेको प्रस्ताव हटाउन माग गर्दै भेट (देउसी–भैलो) गरेका थिए । समिति सभापति खतिवडाले कर्मचारीले प्रतिवेदन उल्ट्याउन नारा जुलुस गरे पनि कुलिङ पिरियड दुई बर्ष कायम गरिएको जानकारी गराएका छन्।

    उनले विधेयकमा दोहोरो सुविधा लिन नपाइने समेत व्यवस्था गरिएको जानकारी गराए । उनले भने, ‘यसमा कतिलाई चित्त नबुझेको पनि हुन सक्छ, समितिको सभापतिको हैसियतले यसको दोष मलाई दिए पनि हुन्छ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार