Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सदनबाट बाहिरिए राप्रपाका सांसद

प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बाहिरिएका छन्। आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन्। बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन्।

उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए। यता रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन्।

दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन्।