शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

    नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए / नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्।

    माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए। तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे।

    उनले भने, ‘संसदमा हिजो के भएको हो भन्नु भयो। भएको त तपाईंहरु सबैले देखिसक्नु भयो। सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदै सम्झौता भएर संसद् खुलेको हो। त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन। मैले छलफल गरेर निष्कर्षमा नपुगि केही भन्न सक्दिन। औपचारिक कुरा थाहा पाइसक्नु भयो। त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ। त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नु भएको हुनसक्छ ।’

    उनले थप भने, ‘पार्टीमा आधिकारिक रुपमा भन्न सक्ने स्थितिमा छैन। हामीले यो मुद्दा छोड्दैनौँ । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौं। हामी छोड्दैनौँ । यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ । अरू कुराको हकमा तात्कालिक कार्यनीतिका हिसाबले के पर्‍यो, किन त्यसो गर्नुपर्‍यो भन्ने कुरा हामी छलफल गरेर मात्रै एउटा टुङ्गोमा पुग्नेछौँ ।’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्ने समेत बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट