शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक: उपेन्द्र यादव

खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक: उपेन्द्र यादव

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक: उपेन्द्र यादव

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ नेपालमा पनि यस्तै निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताए । 

    उनले ‘अरु देशमा प्रधानमन्त्री देशको हुन्छ हाम्रो देशमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्र हुन्छ । सबै स्रोत साधन त्यतै प्राप्त हुन्छ । कतिपय सांसद घरको न घाटको हुने गरेको छ । निर्वाचन प्रणालीले तलदेखिको माथिसम्मको ठूलो लगानी उनिहरुले सेवाकोलागि गर्नुपर्छ । सबै निर्वाचन प्रणाली खराब होला त म भन्दिन तर पनि तुलनात्मकको रुपमा हाम्रो जस्तो विपन्नता भएको मुलुकमा यो खालको निर्वाचन प्रणाली दरिद्र भएको छ । भ्रष्टचार बढाउने बाटो खुलेको छ । त्यसैले जहाँ न पार्टीले न उम्मेदवारले खर्च गर्न परोस् । पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ । नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको छ ।’ 

    उनले आजसम्म भएका  राजनितीक अस्थिरता  सबै मन्त्रीका लागि मात्र भएको दाबी गरे । उनले संसदबाट मन्त्री भन्ने शब्द हटाएपछि मन्त्रीहरुको खरिद बित्री नहुने बताए । उनले देशको निर्वाचन प्रणाली नै बदल्न पर्ने बताए । 

    उनले भने, ‘आजसम्म जति पनि राजनितीक अस्थिरता भएको छ त्यो सबै मन्त्रीका लागि भएको छ । एउटा पार्टी ले सबैलाई मन्त्री बनाउन सक्दैन त्यसैले राति पार्टी फुटाउँछ बिहान नेता निकल्छ । संसद बाट मन्त्री भन्ने शब्द हट्यो भने मन्त्रीहरुको खरिद बित्री हुँदैन थियो । खसि बोकाको भाउ होला बरु सांसदहरुको भाउ छैन ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट