शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टाटा समुहले मृतकका परिवारलाई एक करोड बाहेक थप २५ लाख दिने

टाटा समुहले मृतकका परिवारलाई एक करोड बाहेक थप २५ लाख दिने

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • टाटा समुहले मृतकका परिवारलाई एक करोड बाहेक थप २५ लाख दिने

    भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले अहमदाबाद विमान दुर्घटनाको बारेमा ठूलो घोषणा गरेको छ । एयर इन्डियाले मृतक र घाइतेहरूको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्तिको अतिरिक्त २५ लाख रुपैयाँ अन्तरिम भुक्तानी गर्ने घोषणा गरेको छ । एयर इन्डियाको विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो। यो विमान आवासीय क्षेत्रमा रहेको मेडिकल कलेजको होस्टेलमा खसेको थियो ।

    टाटा समूहले यस त्रासदीमा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने यस अघि नै घोषणा गरको छ । साथै टाटा समुहले घाइतेहरूको चिकित्सा खर्च पनि वहन गर्ने र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोगको सुनिश्चिता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै, विमान खसेको बीजे मेडिकलको होस्टेल निर्माणमा सहयोग प्रदान गर्ने जनाएको छ । 

    यसैबीच अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड एयर इन्डिया बोइङ ७८७ विमान दुर्घटनाको अनुसन्धानमा पनि संलग्न हुने भएको छ । बोर्डले विज्ञहरूको टोली भारत पठाउने र भारतको एयरक्राफ्ट दुर्घटना अनुसन्धान ब्यूरोसँगको सहकार्यमा यस गम्भीर दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।

    एयर इन्डियाको विमान दुर्घटनामा हालसम्म कुल २७५ जनाको मृत्यु भएको छ। विमानमा सवार २३० यात्रुहरूमा २१७ वयस्क, ११ बालबालिका र दुई शिशुहरू थिए। जसमा १६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक थिए। २४१ जनासँगै, विमानका १२ चालक दलका सदस्यहरूको पनि यस दुर्घटनामा मृत्यु भएको छ ।

    चमत्कारिक रूपमा एक जना मात्र बाँचेका छन्। मेडिकल होस्टेल र नजिकैको क्षेत्रमा उपस्थित ३४ जनाको पनि मृत्यु भएको छ र अन्य धेरै घाइतेहरूको उपचार भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट