शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेस–एमाले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौं: उपमहासचिव ज्ञवाली

कांग्रेस–एमाले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौं: उपमहासचिव ज्ञवाली

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • कांग्रेस–एमाले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौं: उपमहासचिव ज्ञवाली

    नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन्।

    प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए।

    ‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौं । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौं’, उनले भने, ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौ। हामीबीच सहकार्य आवश्यक छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए। उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए।

    एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे। संगठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग संगठनबाट उपलब्ध हुँदै आएको बताए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट