शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचण्डलाई पत्रकारको प्रश्नैप्रश्नको बर्षा, जनार्दनको विषय सोध्दा रिसाए!

प्रचण्डलाई पत्रकारको प्रश्नैप्रश्नको बर्षा, जनार्दनको विषय सोध्दा रिसाए!

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • प्रचण्डलाई पत्रकारको प्रश्नैप्रश्नको बर्षा, जनार्दनको विषय सोध्दा रिसाए!

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नले घेरिए । शुक्रबार कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेको माओवादी केन्द्रको आलोचना भइरहेका बेला शनिबार बिहान विराटनगरमा पत्रकारले तेर्साएका प्रश्नले प्रचण्ड दिक्क देखिए । उनले भिजिट भिसा प्रकरणका प्रश्नको जवाफ अलि असहज भएर भए पनि आफ्नै किसिमले दिदै गए तर जनार्दन शर्माको बारेमा सोधिएको प्रश्नमा भने आक्रोशित नै भए ।

    पत्रकारले प्रश्न सोधे- जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको हो ?  प्रचण्डले रिसाउदै जवाफ दिए- भनेकै छैन भने, त्यो बेकारको कुरा हो । विमानस्थलमा पत्रकारहरुले प्रश्नको बर्षा नै गरे प्रचण्डलाई पहिलो प्रश्न सोधियो- प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ?  अर्को प्रश्न सोधियो- तपाइको उपाध्यक्ष अग्नि सापकोटासँग यो मुद्दा साट्नुभएको हो ? पत्रकारले अर्को प्रश्न सोधे- यो दुई बुँदे सहमति किन गर्नुपर्यो ?  अख्तियारले छानबिन गर्ने भन्ने सहमति गर्नुपर्छ र ? कांग्रेस एमालेले माओवादीलाई थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ? 

    प्रचण्डलाई अर्को प्रश्न सोधियो- गृहमन्त्रीले सदनमा धम्काउने, तर्साउने, उजुरी गर्नेलाई कारवाही गर्ने भनेको के हो ? प्रचण्डलाई पत्रकारले सोधे- उधारो सहमति भएन हजुर ? माओवादीका कार्यकर्ताले असन्तुष्टि जनाएको बारे के भन्नुहुन्छ ? सत्तासँग सम्बन्धित केहि कुरा छ यो सहमतिमा ? संसदको अवरोध गलत भएको थियो ? सरकारमा जाने त होइन नि ? भिजिट भिसाले कांग्रेससँग को सम्बन्ध सुमधुर भयो है ? पुर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नयाँ कानुन बनाउनु पर्छ ?

    प्रचण्डले पत्रकारका प्रश्नको जवाफ दिदै भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको स्पष्ट गरे ।  उनले माओवादीका कार्यकर्ताले विषय नबुझेर आलोचना गरेको बताउदै बुझेपछि आलोचना गर्न छोड्ने बताए । गृहमन्त्रीले संसदमै एक महिनामा छानबिनको संयन्त्र बनाउने प्रतिबद्धता गरेको उल्लेख गर्दै प्रचण्डले छानबिन नभए फेरी लड्ने बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट