शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका

टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • टेस्ट च्याम्पियनसिपको फाइनलमा जितउन्मुख दक्षिण अफ्रिका

    दक्षिण अफ्रिकाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आफ्नो पकड बनाएको छ । 

    अस्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य पछाइरहेको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर २१३ रन बनएको छ ।  अब दक्षिण अफ्रिका जितका लागि ६९ रन मात्र टाढा रहेको छ । त्यस्तै अस्ट्रेलियाले यो फाइनल जित्न थप ८ विकेट लिनुपर्ने छ ।  

    दक्षिण अफ्रिकाका लागि एडन मार्क्रम महत्वपूर्ण १०२ रनको शतकीय पारी खेलेर क्रिजमै छन् भने कप्तान टेम्बा बभुमा  अविजित ६५ रन बनाएर खेलिरहेका छन् । यसअघि रयान रिकेलटन ६ र विआन मुल्डर २७ रन बनाएर आउट भएका थिए । दक्षिण अफ्रिकाका दुवै विकेट मिचेल स्टार्कले लिएका थिए । 

    यस टेस्टमा टस हारेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २१२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १३८ रन मात्र बनाएको थियो । पहिलो इनिंगमा ७४ रनको महत्वपूर्ण अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २०७ रन बनाउदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट