शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इरानमाथि इजरायलको अर्को आक्रमण जारी

इरानमाथि इजरायलको अर्को आक्रमण जारी

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इजरायलले इरानविरुद्ध फेरी आक्रमण शुरु गरेको छ । इरानको ताब्रिज शहरमा इजरायलले आक्रमण गरेको इरानी मिडियाले उल्लेख गरेका छन् ।

    इजरायलको आक्रमण भिषण रहेको र इरानी एयर फोर्सको एयर बेसमा ठुलो धुवाँ उडिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । साथै उत्तरपश्चिम इरानको ताब्रिज विमानस्थलमा समेत ठुलो विस्फोट भएको बताइएको छ ।

    यस अघि शुक्रबार भएको इजरायलको आक्रमणमा  इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर हुसेन सलामीसहित खतम अल अनबियाका प्रमुख घोलाम अलि राशिद तथा परमाणु वैज्ञानिकद्वय डा एएस फेरेदौन अब्बासी र डा एएस तेहरानको समेत मृत्यु भएको थियो । सो आक्रमणमा इरानका सैन्य प्रमुख मोहम्मद बघेरी, सेनाका शीर्ष तहका अन्य सदस्यहरू र वरिष्ठ आणविक वैज्ञानिकहरू पनि मारिएका थिए ।

    इजरायलको आक्रमणको जवाफ दिदै इरानले सय भन्दा बढी ड्रोन आक्रमण गरेपनि इजरायलले सबैलाई खसालिदिएको दाबि गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार