शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मधेश प्रदेशका सांसद सरोज कुमार सिंह निलम्बित

मधेश प्रदेशका सांसद सरोज कुमार सिंह निलम्बित

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • मधेश प्रदेशका सांसद सरोज कुमार सिंह निलम्बित

    मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित भएका छन् ।  शुक्रबारको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद सरोज कुमार सिंह निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । 

    सांसद सिंहलाई अख्तियारले विहिबार पक्राउ गरेको काठमाडौँबाट पक्राउ गरेको थियो । सिंहविरुद्ध सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ १३ गते पक्राउ गरेको थियो । 

    अख्तियारको अनुसन्धानमा सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भेटिएको देखिएको थियो । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४-२ बाट निर्वाचित सिंह हाल अशोक राई नेतृत्वको जसपामा रहेका छन् । १०७ सदस्यीय  मधेश प्रदेश सभामा निलम्बित हुने सिंह तेस्रो सांसद हुन् । यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बित रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट