Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

प्रतिनिधि सभाको बैठक रास्वपा र राप्रपाले अवरोध गरेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले पहिला बोल्न माग गर्दै संसद अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले आफुहरु आन्दोलनमै रहेकाले पहिला बोल्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेकाले आज माओवादी केन्द्रले विरोध गरेको छैन ।