Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संसद खुल्छ, रास्वपा आफ्नो ढंगले जान्छः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद चलाउन तीन दलबीच सहमति भएको बताएका छन्।

सम्झौतामा हस्ताक्षर भएसँगै संसद बैठक सुरु हुने उनको भनाइ छ। तीन दलको बैठकबाट निस्किँदै प्रचण्डले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, अब हस्ताक्षर हुन्छ, हाउस खुल्छ।’

प्रचण्डले भिजिट भिसा प्रकरण छानबिनमा केही अडानका कारण रास्वपा अब आफ्नो ढंगले जाने बताए। यद्यपि प्रतिपक्षहरुबीच मूलभूत विषयमा मतभेद नभएको प्रचण्डले बताएका छन्।

‘रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन । तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नो ढंगले जानु हुन्छ। तर, हाम्रोबीचमा विमति र आरोप–प्रत्यारोप हुँदैन,’ उनले भने।