Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री ओली स्पेन जाने

प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन जाने भएका छन्।

उनी सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषणसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन्। ‘तयारीमा नेपालले धेरै अभ्यास गरेको छ।

प्रधानमन्त्री पनि यसमा जानु हुन्छ’, सम्मेलनका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भनिन्। नेपाल पनि यसको आयोजक समितिमा बसेको हुनाले केही दिनअघि भएको भर्चुअल मिटिङलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको उनले जानकारी दिइन्।

सम्मेलनले नयाँ र उदीयमान मुद्दाहरू, दिगो विकास लक्ष्यहरू पूर्णरूपमा कार्यान्वयन गर्न तत्काल आवश्यकता र अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई समर्थन गर्ने कुरालाई सम्बोधन गर्ने जनाइएको छ।